Breaking News

गोपाल किराँतीले भने, केपीओलीले ५ बर्षमा समृद्ध होईन अझै कंगाल चाही बनाउछन !

संविधान मान्ने नेपाली हुनुको नाताले पाँच बर्ष जस्तोसुकै भएपनी यो सरकारलाई मान्नुपर्छ।यो पाँच बर्ष नेपाली जनताले पनि सरकारले केहिगर्छ भन्ने आशामा प्रतिक्षा गर्नेछन्।तर पाँच बर्षपछि भने केहिपनी हुँदैन। माओवादी पुनर्गठन अभियानमा लागेका गोपाल किराँतीले माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुराकानी गर्दै उक्त कुरा बताएका हुन्।

एमाले भित्र एउटा गुटमा इमान्दार,क्रान्तिकारी र प्रगतिशिल मानिसहरु पनि छन् तर मूल नेतृत्व पंक्तिमा रहेका मानिसहरुको मूल प्रवृति मानव जातिमा रुपान्तरित हुने प्रजातिको बाँदर जस्तै छ । चिन्तनको हिसाबले,इतिहास,दृष्टिकोण र चरित्रको हिसावले पशुपतिको वरिपरी झुण्डिरहने बाँदर भन्दा कम नभएको किराँतीले आरोप लगाए।

२०५८ सालमा भएको माओवादीको एक भेलामा गएको बेलामा प्रचण्ड र बाबुरामको चरित्र कस्तो हो भनेर माओवादीको एक सिनियर नेतालाई सोध्दा उनले भनेको कुरा स्मरण गर्दै किराँतीले भने -‘बाबुराम वेद पढेर बसिराख्ने बाहुन जस्ता हुन् र प्रचण्ड चाँहि गाई-गोरु खरिद गर्ने व्यापारी जस्ता हुन्।’

प्रचण्ड समूहमा वौद्धिक रुपमा डिफेन्स गर्ने मानिस छैनन्।प्रचण्डको पक्षमा पहिला-पहिला आफूले बोलिदिने र माओवादी भित्र अहिले प्रचण्डको लागी त्यो भूमिका निभाउने कोहिपनी नरहेको किराँतीको भनाई छ।

किराँतीले अगाडि प्रश्न गर्दै भने-‘प्रधानमन्त्री ओलीले महाकाली बेच्दा पनि ठूलो उपलब्धि हो भनेका थिए।अहिले पनि भारत भ्रमणमा गएर जलमार्ग र रेलमार्गको तमासा देखाएका हुन्। हिजो अर्थमन्त्रीले देशको ढुकुटि रित्तो छ भनेर भनेका र अरुले होइन भनेर दाबी गरेका छन् अनि यस्तोमा कसरी समृद्ध हुन्छ? प्रधानमन्त्री ओलीले पाँच बर्षमा देश समृद्ध होइन अझ कंगाल बनाउँछन्।’पाना खबर बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *