Breaking News

कोरियन भाषाको परीक्षा नजिकिदै ! कृषीक्षेत्रमा अरु बर्षभन्दा बढी भिडन्त हुने …

सौल:-कोनेअख संवाददाता:- सन २०१८ को जुन महिनामा हुने नवौं इपिएस कोरियन भाषा परिक्षाका लागि ८२ हजार २ सय ७९ जनाले अनलाइन मार्फत आवेदन दिएका छन।

जसमध्ये उत्पादनमुलक क्षेत्रमा(मेनुमा) ४२ हजार ६ सय ३१ जना र कृषिमा (एगृमा) ३९ हजार ६ सय ४८ गरि कुल ८२ हजार २ सय ७९ जनाको आवेदन परेको छ।आवेदन दिदा केही गल्ती भएको भए सच्याउनका लागि ६ तारिख सम्म समय दिइएको थियो।

आवेदनको हिसाबले कृषि क्षेत्र (एगृ) भन्दा उत्पादनमुलक क्षेत्र (मेनुमा) करिब ३ हजार बढी आवेदन परेको छ ।सन २०१८ मा परिक्षा लिएर सन २०१९ का लागि उत्पादनमुलक क्षेत्रमा ४८ सय कोटा निर्धारण गरिएको छ भने कृषिका लागि २३ सय कोटा निर्धारण गरिएको छ।

आवेदनलाई हेर्दा दुबै क्षेत्रमा खासै फराकिलो संख्या नभएता पनि कोटाका हिसाबले कृषि क्षेत्रको कोटा भन्दा झन्डै दोब्बर भन्दापनि बढी उत्पादनमुलक क्षेत्रको रहेको छ ।हामी सबैको सोच अनुसार कृषि भन्दा उत्पादनमुलकमा बढी अङ्क ल्याउनुपर्ने मानिन्छ तर कोटा र आवेदनको लेखाजोखा गरि हेर्दा यसपाली कृषिका आवेदक बिच कडा प्रतिस्पर्धा हुने देखिएको हो।

बिगतका बर्षहरुलाई हेर्दा उत्पादनमुलक क्षेत्रमा उत्तिर्ण हुनेहरु कृषिको भन्दा धेरै र चाडो कोरिया जाने प्राथमिकतामा पर्दै आएको छ।

कोरिया रोजगारका लागि कृषि भन्दा उत्पादनमुलक क्षेत्रमा राम्रो मानिने गर्छ किनभने कृषिमा लामो समय श्रम गर्नुपर्ने,जाडो तथा गर्मीको समयमा कठिनाइ हुने,बस्न लगाएतका सेवा सुबिधा राम्रो नभएको जस्ता गुनासा आइरहन्छ्न ।यद्यपि उत्पादनमुलक क्षेत्रको कहि कतै राम्रो नहुदा कृषिमा कार्य गर्ने कोहिको त्यो भन्दा राम्रो देखिँदा कृषिमा पनि राम्रो रहेको पनि बताइन्छ तर समग्रमा हेर्दा कृषि भन्दा उत्पादनमुलक क्षेत्र नै कोरिया रोजगारका लागि राम्रो रहेको मानिन्छ ।साथै कोरिया नेपाल अनलाइन खबरले समेत कृषि तथा उत्पादनमुलकमा रोजगार गरिरहेकाहरु संग भेटघाट तथा अवलोकन गरेर उत्पादनमुलक राम्रो भएको ठम्याइ गरेको छ।

यसपालीको भाषा परिक्षा अबको डेढ महिना पछि अर्थात जुन ९ र १०(जेठ २६ र २७ गते) हुदैछ।पोखराबाट पहिले आवेदन दिएका १२ हजार आवेदक बाहेक सबैले काठमाडौं केन्द्रबाट परिक्षा दिनु पर्ने इपिएस शाखाले जनाएको छ।

यसपालीको भाषा परिक्षा कागजी माध्यमद्वारा हुनेछ भने आगामी बर्ष देखि कम्प्युटरमा आधारित हरेक बर्ष हुँदै आएको CBT जस्तै गरि PBT को पनि परिक्षा संचालन हुदैछ ।यसको लागि भवन लगाएतका सामाग्रीको ब्यवस्था तिब्र रुपमा गरिएको इपिएस शाखाले बताएको छ।सेयर गर्नुहोस ।

कोरिया नेपाल अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *