Breaking News

देश-बिदेशमा यसरी सामाजिक संन्जालमा भाईरल बन्यो बलात्कार बिरोधी कार्टून-

भारतीय पत्रकार तथा कार्टूनिष्ट स्वाति वडलामडीलाई बलात्कार बिरोधी कार्टून बनाएपछि धम्की तथा बिरोधको आइरो लागेको छ । उनकाबिरुद्द पुलिसले केश समेत फाइल गरेको छ ।

कार्टूनिष्ट स्वाति वडलामडीले बनाएको कार्टून

उनले उक्त कार्टूनमा भगवान राम र सीताबीचको कुराकानी आधारित रहेर कार्टूनमार्फत बलात्कारको बिरोध गरेकी छन् । जसमा सीताले आफ्नो अपहरण आफ्ना पतिका भक्तहरुले नगरी रामणले गरेकोले आफू (बलात्कार) बाट जोगिएको आसय व्यक्त गरिएको छ ।

भारतीय पत्रकार तथा कार्टूनिष्ट स्वाति वडलामडी

उनले बनाएको याे कार्टून सामाजिक सञ्जालमा भाइरल बनेको छ । साथै कार्टूनमा हिन्दु धर्मका पात्रहरुको प्रयोग गरेकोले उनको बिरोध भएको छ । ज्यान मार्नेसम्मकाे धम्की अाएपनि आफू यसबाट बिचलित नभएकाे र यस्ता खालका कार्टून बनाउने आफ्नो आदत भएको प्रतिक्रिया दिएकी छन् ।

कार्टूनिष्ट वडलामडीले भारतमा भएका श्रृखलाबद्ध सामूहिक बलात्कार र हत्याका घटनालाई लिएर यो कार्टून बनाएको र बलात्कारीको समर्थनमा निस्किएको -यालीमा भगवान रामका भक्त भएको समाचार सार्वजनिक भएपछि यस्तो खालको कार्टून बनाउन प्रेरणा मिलेको बताएकी छन् ।

बिबिसी हिन्दीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *