Breaking News

पक्राउ परे दीपक मनाङे

काठमाडौँ — फरार अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारबाट निर्वाचित सांसद् गुरुङलाई बिहीबार पक्राउ गरेको हो ।

गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए। ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो।

उनी हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनले सांसदको शपथ समेत लिएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *