Breaking News

सशस्त्रका आईजीपी शैलेन्द्र खनालले सबै सिपाही देखी डिएसपीसम्मका लाई राहतको सास फेराए …

काठमाडौं। सशस्त्र प्रहरी वलका आईजीपी शैलेन्द्र खनालले आक्रमक शुरुवात गरेका छन । उनले लामो समयदेखि रोकिएको सशस्त्र प्रहरीको सिपाहीदेखि एसपीसम्मको बढुवा प्रक्रिया एकै पटक शुरु गरेका हुन । बढुवा प्रक्रिया शुरु भएपछि सिपाहीदेखि डिएसपीसम्मले राहातको सास फेरेका छन । सधै जसो माथिल्लो पदहरुमा मात्रै बढुवा प्रक्रिया शुरु भएर तल्लो पदहरुमा आउदा रोकिने गरेकोमा यस पटक तल्लो पदहरुबाट बढुवा प्रक्रिया शुरु भएको हो ।

आईजीपीको पहिलो कदमसंगै सिपाहीदेखि डिएसपीसम्मका अधिकृतहरुले खुशी व्यक्त गरेका छन । जुन आईजीपी आए पनि माथिल्लो तहकालाई नै हेर्ने परम्परा नयां आईजीपी सापले तोडेका छन यो तल्लो तहका कर्मचारीकालागी सकारात्मक सन्देश हो एक ईन्सपेक्टरले भने । तल्लो तहमा हजारौ कर्मचारी बढुवाबाट बञ्चित थिए ।

सशस्त्र प्रहरी सेवा साधाहरण समुह सहायक हवल्दार, हवल्दार, वरिष्ठ हवल्दार, सहायक निरीक्षक, नायव निरीक्षक, वरिष्ठ नायव निरीक्षक, ईन्सपेक्टर, डिएसपी र एसपीसम्मका नौ पदमा बढुवाकालागी बुधबार सुचना प्रकाशित गरिएको छ । सशस्त्र प्रहरी वलमा योग्य उम्मेदबारले ७ दिन भित्र आफु बढुवा हुन योग्य कारण सहित मुल्यांकन फारम भर्ने नियम छ ।

– मुलधारन्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *