Breaking News

केपी ओलीलाई कडा ब्याङ्गे गरे डा. बाबुरामले अरुका छोराछोरीलाई भर्ना गरेर फोटो खिच्नु भन्दा आफ्नै नाती नातिनालाई सरकारी स्कुलमा पढाएर देखाउ …

काठमाडौँ, । प्रधानमन्त्रीदेखि सांसदसम्मले कम्तीमा पनि एक जना बालबालिकाको शिक्षाको जिम्मेवारी लिँदै विद्यालय भर्ना गरिरहँदा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कडा टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत टिप्पणी गर्दै डा. भट्टराईले अरुको बालबालिकाको सट्टा आफ्नै छोराछोरी र नातिनातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गर्न सुझाव दिएका हुन् । अरुको बालबालिकालाई सरकारी स्कूलमा पढाएर आफ्ना बालबालिकालाई महंगा निजी स्कूलमा पढाएकोप्रति भट्टराईल सांकेतिक रुपमा विरोध जनाएका हुन् ।

भट्टराईले लेखेका छन्, प्रधानमन्त्री, मन्त्री, नेता र उच्च अधिकारीहरूले अरूका एक एक बच्चा टिपेर सामुदायिक विद्यालयमा भर्ना गरेको फोटो सामाजिक मिडियामा रंगाउनु सट्टा आफ्नै छोराछोरी, नातिनातिनी सामुदायिक विद्यालयमा चुपचाप भर्ना गरेर पढाए समाज र देशको हित हुन्थ्यो कि ? अनि नानीहरूलाई निःशुल्क खाजा दिऊँ भर्नादर आफै बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *