Breaking News

९ गते बाम एकताको लागि रात दिन कसरतमा ओली-प्रचण्ड ! के होला त एकता ? यस्ता छ संम्बावना

केही दिनदेखि निरन्तर छलफलमा रहेका नेकपा एमाले अध्यक्ष केपी ओली तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज पनि वार्तामै छन् । हिजो बिहीबार पनि ३ घण्टा वान टु वान वार्तामा बसेका दुवै अध्यक्ष आज एकतासम्बन्धी बाँकी रहेका विषय टुंग्याउने अन्तिम कसरतमा लागीपरेको स्रोतको भनाइ छ ।

यहि बैशाख ९ गते हुने भनिएको दुई पार्टीको एकता टुंग्याउन दुवै नेता अन्तिम कसरतमा लागेका हुन् । यसअघि बैशाख ४ गते बसेको एकता संयोजन समितिको बैठकले विवादित विषय हल गर्न नसकेपछि सोको जिम्मा दुवै अध्यक्षलाई दिएको थियो । स्रोतका अनुसार अध्यक्षद्वय प्रचण्ड र ओली आजको वार्तालाई निर्णायक बनाउने ‘मुड’मा देखिएका छन्।

आज दिउसो बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दुई शीर्ष नेताबीच वार्ता हुन लागेको स्रोतले जनाएको छ । एमाले–माओवादी केन्द्रबीच चुनाव चिन्ह, पदीय बाँडफाँट र जनयुद्धलाई हेर्ने दृष्टिकोणमा मतैक्यता छैन । दुई अध्यक्षबीच यिनै विषयमा केही दिनदेखि घनिभूत छलफल भइरहेको छ ।

स्रोतका अनुसार एकीकृत पार्टीको अध्यक्षको अधिकार प्रष्ट पार्नुपर्ने माओवादी अध्यक्ष प्रचण्ड माग छ भने यस विषयमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली सकारात्मक देखिएका छन् । यसअघि गठित संगठनात्मक स्वरुप तथा विधान मस्यौदासम्बन्धी कार्यदलले पार्टी सहअध्यक्षीय मोडलमा चल्ने र त्यसअनुसार एकता महाधिवेशन अगाडिसम्म एकिकृत पार्टीमा दुई अध्यक्ष रहने व्यवस्था गरेको छ।

बिहीबारको वार्तामा कार्यविधि निर्माण गर्ने विषयमा ओलीले सहमति जनाएपछि छिट्टै एकता हुने विषयमा दुवै अध्यक्ष आशावादी देखिएको स्रोतको दाबी छ । आजको वार्ताले यो विषयलाई एउटा निष्कर्षमा पुर्याउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *