Breaking News

जान्नुहोस् तपाईंको आजको प्रेम, धन, दशा, दुख, सुख को भाग्यफल यस्तो छ…श्री पाथिभारा माताले सबैको रक्षा गरुन्।

वि.स.२०७५ वैशाख ०७ गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल २० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख शुक्लपक्ष । तिथि पञ्चमी ४४ घडी १० पला,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त षष्ठि । नक्षत्र मृगशिरा,४५ घडी २० पला,बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त आद्रा । योग शोभन २० घडि ०५ पला,दिउसो १ बजेर ३९ मिनेट उप्रान्त अतिगण्ड । करण बव,दिउसो १२ बजेर २५ मिनेट उप्रान्त वालव,रातको ११ बजेर १७ मिनेट उप्रान्त कौवल । आनन्दादिमा मानस योग । चन्द्रराशि बृष,दिउसो १२ बजेर १७ मिनेट उप्रान्त मिथून । श्री आद्यशंकराचार्य जयन्ती । श्रीरामानुचार्य जयन्ती ।

काठमाडौंमा सूर्योदय ५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ३० मिनेट । दिनमान ३२ घडी १४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुँनेछन् । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुँनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।

शुभ अंक — २,४ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुँनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ । गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण तथा दुरगामि निर्णयहरु हुँनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुँनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुँनेछ ।

शुभ अंक — २,३ शुभ दिशा — उत्तर

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुँनेछ । बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नु पर्नेछ । मध्यान्हबाट समय उत्तम रहेकोले प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुँने तथा तपाईको सरल जिवन शैलि आफन्त,साथिभाई तथा छिमेकिहरुका लागि चासोको बिषय बन्नेछ । वनभोज तथा मांगलिक सभा समारोभमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुँनेछ । बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । मध्यान्हबाट समय मध्ययम रहेकोले साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । आफन्तजन तथा परिवासँग टाडिनु पर्दा मानशिक तनाब बढ्नेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — उत्तर

शुभ रंग — खरानि काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुँनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुले आफुले माया गरेको मानिसलाई आफ्नै मन मुटुमा राख्न पाउँदा मन प्रशन्न हुँनेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई पाखा लगाई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

शुभ अंक — ५,६ शुभ दिशा — पुर्व

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) प्रशासनिक कामकाजमा झन्झटिलो प्रक्रिया अवलम्बन गर्नुपर्नेछ भने सेवा प्रवाह गर्नेहरुले समयमा तपाईको काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । राजनिति तथा समाजसेवामा जनताबाट आलोचना सहनुपर्ला । कार्यक्षेत्रमा तपाईको निर्णको चर्को बिरोध हुनसक्छ अलि बढि ध्यान दिनुहोला । कामहरु बिग्रने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा कमिको महशुष हुनेछ । परिवार तथा आफन्तजन लाई समय दिन नसक्दा मनमुटाबको अवस्था सिर्जना हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने हुँदा मन चिन्तित रहनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । मध्यान्हबाट समय उत्तम रहेकोले भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुँने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुँनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुँनेछ ।

शुभ अंक — ४,८ शुभ दिशा — पुर्व

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामाना गर्नुपर्नेछ भने आर्थिक व्यावस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । निर्णायक पदमा हुँनुहुँन्छ भने तपाईबाट समाज असर पर्ने निर्णयहरु हुँनसक्छन् ध्यान दिनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ ।

शुभ अंक — २,९ शुभ दिशा — दक्षिण

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । पारिवारिक तथा व्यावसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुँनेछ । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक व्यावस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । विद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुँनेछ । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ ।

शुभ अंक —३,६ शुभ दिशा — पश्चिम

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुँन सक्छन ख्याल गर्नुहोला । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ । साझपख हुँने कुनैपनि प्रतिश्पर्धामा अरुभन्दा एक कदम अगाडि बडेर नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ ।

शुभ अंक — १,७ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) विवादित विषयको उठान नगर्नुहोला नकरात्मक नतिजाको सामना गर्नु पर्नेछ । परिवार तथा आफन्तसँगको आन्तरिक छलफलमा राज बाजिने हुँदा निचोड निकाल्न मुस्किल पर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा अलि बढिनै मेहनेत गर्नु पर्नेछ । मध्यान्हबाट समय सुधार हुने हुनाले अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुँनेछ । आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ ।

शुभ अंक — २,५ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) उद्योग व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुँने हँुनाले मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण बढेर जानेछ । आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग मिल्ने हुँनाले मन प्रशन्न रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुँनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ ।

शुभ अंक — ४,६ शुभ दिशा — उत्तर

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९
नोट :राशिफलमा जे जस्तो भए पनि व्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *