Breaking News

दिन भरको थकानलाई बेलुकीपख नुहाई धुवाई गरी फ्रेस हुनाले छाला समस्या निराकरण देखी मिठो निन्द्रा लाग्ने …

एजेन्सी । नुहाउनु स्वस्थ्यको लागि एकदम राम्रो हो । प्रायः मानिस बिहान नुहाउन मन पराउँछन् । सुन्दा अचम्म लाग्न सक्ने कुरा बिहानभन्दा बेलुकी नुहाउनु बढी फाइदाजनक हुन्छ ।

बेलुका नुहाउँदाका फाइदा :
छालाको इन्फेक्सनबाट मुक्त हुन : सुत्नुअघि नुहाउनु निकै जरुरी भएको स्किन एक्सपर्टहरू बताउँछन् । खासगरी गर्मी मौसममा बेलुकी नुहाउँदा निकै फाइदा हुन्छ । दिनभर काम गर्दा शरीरमा फोहोर जम्मा भएको हुन्छ । जसका कारण छालामा इन्फेक्सन हुने खतरा हुन्छ । त्यसैले सुत्नुअघि नुहाउँदा शरीर सफा मात्र नभएर विभिन्न संक्रमणबाट पनि बच्न मद्दत पुग्छ ।

तौल कम गर्न्रः नुहाउने समय शरीरको क्यालोरी पनि केही मात्रामा जलेर जान्छ, जुन तौल घट्ने पहिलो स्टेप हो । त्यसैले बेलुकी नुहाउँदा मोटोपनबाट मुक्त हुन पनि सहज हुन्छ ।

मुड ठीक राख्नः दिनभर काम गर्दा स्वाभाविक रूपमा मानिसले थकाइको अनुभूति गर्छ । थकाइले मानिसको मुड पनि खराब गर्छ । अनि स–साना कुरामा पनि रिस उठ्छ । यस्तो अवस्थामा तपाईंले थकाइलाई टाढा राख्ने गतिविधि गर्न आवश्यक हुन्छ । थकाइबाट मुक्त हुँदा मुड पनि ठीक ठाउँमा आउँछ र तपाईंको स्फूर्ति जाग्न थाल्छ । थकाइ र प्रदूषणबाट मुक्त हुन रातमा नुहाएर फाइदा उठाउन सक्नुहुन्छ ।

आरामदायी निद्राः सुत्नुअघि नुहाउँदा आरामदायी निद्रामा सहयोग पुग्छ । यसले दिनभरको थकानबाट मुक्त हुन सहयोग मिल्छ । नुहाउने पानीमा सुगन्धित तेलका केही थोपा राख्न पनि सक्नुहुन्छ । यसरी नुहाउँदा रिल्याक्स फिल हुन्छ । तेलले छालाका लागि मोस्चराइजरको पनि काम गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *