Breaking News

गर्मी समय लागे सँगै कुलमान धिसिङले गरे चमत्कारिक काम, अब कहिल्यै लोडसेडिङको मार खेप्नु पर्दैन नेपालीले, के गरे त कुलमानले पुरा पढ्नुहोस …

काठमाडौं । २५०० मेगावाट क्षमताको खिम्ती–काठमाडौं प्रसारण लाइन निर्माण कार्य शुरु भएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत्त आयोजना सम्पन्न हुने मिति नजिकिँदै गर्दा उत्पादित विद्युत्त राष्ट्रिय प्रशारण लाइनमा जोड्न निर्माण कार्य शुरु भएको हो ।खिम्ती (बाह्रबीसे)–काठमाडौं २२०/४०० केभी प्रसारण लाइनको ठेक्का सम्झौता भइसकेको छ भने मुआब्जालगायत कामसमेत सुरुवात भएको छ ।

अपर तामाकोशीको ४५६ मेगावाटसहित तामाकोशी करिडोर, रामेछाप, १०२ मेगावाटको मध्यभोटेकोशी र बलेफी करिडोरमा उत्पादन भएको विद्युत्त यो प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने छ ।

ती प्याकेजमा निर्माण सम्पन्न गर्ने गरी कार्य अघि बढाइएको खिम्ती–काठमाडौं प्रसारण लाइनका आयोजना प्रमुख नवराज ओझाले जानकारी दिए । रामेछापको खिम्ती देखि सिन्धुपाल्चोकको बाह्रबीसेसम्म ४४ किलोमिटर प्रसारण लाइनको पहिलो प्याकेजमा काम हुनेछ ।

त्यस्तै प्याकेज २ मा बाह्रबीसेदेखि काठमाडौंको लप्सेफेदीसम्म ४६ किलोमिटर र लप्सेफेदीदेखि चाँगुनारायणसम्म १३२ केभी प्रसारण लाइनमा जोडिने कार्य दोस्रो प्याकेजमा हुने आयोजना प्रमुखले जानकारी दिए ।

अन्तिम प्याकेजमा भने बाह्रबीसेमा सब–स्टेशन र खिम्तीमा सब–स्टेशन निर्माण गरिने छ । प्रसारण लाइन, सब–स्टेशनलगायत कामका लागि चिनियाँ र भारतीय ठेकेदारलाई निर्माणको जिम्मा दिएको आयोजना प्रमुख ओझाले बताए ।

खिम्तीदेखि बाह्रबीसेसम्मको प्रसारण लाइन निर्माणको ठेक्का चिनियाँ कम्पनी ग्वाङ्सी सेन्जेन जेभीलाई २ अर्बमा दिएर सम्झौतासमेत भएको आयोजनाले जानकारी दिएको छ । बाह्रबीसेमा सब–स्टेशनसमेत यही ठेकेदार कम्पनीले निर्माण गर्नेछ । त्यस्तै बाह्रबीसेदेखि लप्सेफेदीसम्मको प्रसारण लाइन निर्माणको जिम्मा भारतीय लार्सन एण्ड टर्बाे कम्पनीलाई २ अर्ब २२ करोडमा दिइएको छ ।

एसियाली विकास बैंकको ९ अर्ब ऋण अनुदानमा निर्माण हुने यो प्रसारण लाइन सन् २०२१ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । पहिलो प्याकेजको सन् २०१९ को मे २५ मा सम्पन्न गर्नुपर्ने छ भने दोस्रो प्याकेज निर्माण शुरु भएको ९७० दिनभित्र सम्पन्न गर्नुपर्ने आयोजनाले जानकारी दिएको छ ।

आयोजना प्रमुख ओझाले प्रसारण लाइन निर्माण सम्पन्न नहुँदासम्मका लागि भने खिम्ती– ढल्केबार २२० केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत्त तराई लगेर जोडिने जानकारी दिए ।

‘तामाकोशीलगायतका आयोजनाहरुबाट उत्पादित विद्युत्त प्रसारण लाइन नबन्दा पनि खेरा जाँदैन’, उनले भने, तराईमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।’

आयोजनाले अहिले टावर बस्ने स्थान र सब–स्टेशनको मुआब्जा वितरण कार्य तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएको छ । ‘कार्तिकदेखि फिल्डमा नै गएर टावर निर्माणको काम सुरु हुन्छ’, आयोजना प्रमुख ओझाले भने ।

एउटा टावरका लागि कम्तीमा १ रोपनी जग्गा आवश्यक हुने आयोजनाले जानकारी दिएको छ । १ सय ५ किलोमिटर लामो प्रसारण लाइनमा ४ सय टावर हुनेछ ।

निर्माण हुन लागेको प्रसारण लाइन अहिलेसम्मकै धेरै क्षमताको हो । २५०० मेगावट सम्मको विद्युत यो प्रसारण लाइनमार्फत लैजान सकिने आयोजनाले जानकारी दिएको छ ।

अब रामेछाप, दोलखा र सिन्धुपाल्चोकमा उत्पादन भएका सबै विद्युत्तहरु यही लाइनमार्फत लैजान सकिने आयोजना प्रमुख ओझा बताउँछन् । शुरुमा २२० केभी क्षमताको बनाउने योजना भए पनि भविष्यसम्मका लागि भनेर बढी क्षमताको निर्माण गर्न लागिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *