Breaking News

युगल दम्पतीसँगको सहवास पुर्व यस्ता खानेकुरा नखाएकै राम्रो, हैन भने ….

एजेन्सी । आफ्नो पार्टनरसँगको समयलाई सुखमय बनाउनको लागि तपाईले ध्यान दिनुपर्ने अन्तिम कुरा भनेको खानेकुरा हो । यौन सम्पर्क गर्नुअघि तपाईले के खानुहुन्छ भन्ने कुुराले तपाई यौन सम्पर्कको अनुभवलाई निकै प्रभाव पार्न सक्छ ।

तपाईले खाने सामान्य खालको खानाले पनि पेटको खराबी निम्त्याउन सक्छ अथवा तपाईको हर्मोनमा असन्तुलन ल्याइदिन सक्छ । जसले तपाईको यौनइच्छामा नै सम्पूर्ण रुपले प्रभाव पार्न सक्छ । त्यसैले यौन सम्पर्क गर्नु अघि के खाने र के नखाने भन्ने कुरा थाहा पाउनु निकै जरुरी छ । यौन सम्पर्क गर्नु अघि यी खानेकुरा नखाएकै राम्रोः

गेडागुडी

गेडागुडीमा ओलिगोस्याक्राइड्स भन्ने तत्व हुन्छ । जुन शरीरले पूर्ण रुपमा पचाउन नसक्ने एक प्रकारको तत्व हो । यसको सेवनले पेट बटार्ने तथा पेटमा ग्याँस बनाउँछ । ग्याँसले सेक्सको मजालाई कम गरिदिन्छ । त्यसैले सेक्स अघि गेडागुडी नखानु राम्रो हुन्छ ।

काउलीजन्य तरकारी

बन्दा, काउली तथा ब्रोकाउलीमा रेफीनोस तथा सल्फेट भन्ने तत्व हुन्छ । यसले पनि पेचमा ग्याँस उत्पादन बढाउँछ । यस्ता तरकारी तल्लो आन्दासम्म पुग्दा ब्याक्टेरियाका कारण फर्मेन्टेसन हुँदा मिथेन, कार्बनडाइ अक्साइड तथा हाइड्रोजन सस्ता ग्याँस उत्पान हुन्छ । तपाईले यौन सम्पर्कको बेला ग्याँस छोड्न पर्दा पक्कै पनि मजा हुन्न ।

लसुन र प्याज

लसुन भएका खाना सेक्सपूर्व नखानुहोस् । लसुन तथा प्याज खानाले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ । त्यतिमात्रै नभई यसले शरीरको सुगन्धलाई पनि मेटिदिन्छ । जसले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।

बियर

तपाईलाई लाग्ला सेक्स अगाडी बियर पिउँदा अझै बढि मजा होला तर बियरले मष्तिस्कको अवस्थालाई परिवर्तन गरिदिने हुँदा यसले तपाईको यौनइच्छालाई पनि परिवर्तन गरिदिन सक्छ । किनकी बियरमा हर्मोनलाई असन्तुलन पार्न सक्ने फाइटोस्ट्रोजिन्स हुन्छ । त्यसैले बियर साथीहरुसँग पिउनुस्, प्रेमीका अथवा सेक्स पार्टनरसँग होइन ।

तारेको खाना

तारेको वा भुटेको खानले टेस्टेस्टोरनको लेभल र सर्कुलेसनमा नकारात्मक असर पुर्‍याउँछ । तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज महसुस गराउँछ । तारेर खानुको सट्टा पकाएर तथा उसिनेर खानु फाइदाजनक हुन्छ ।

पिज्जा

पिज्जामा गहुँको मिश्रण हुन्छ जसलाई खाएपछि पेट बढ्छ । यसले अनौठो गन्ध छोड्छ, स्वास गन्हाउँछ ।

चिज

व्यवसायिक रुपमा उत्पादन गरिएका दुधजन्य पदार्थमा हर्मोनको अवस्थामा असन्तुलन ल्याउन सक्ने एन्टिबायोटिक्स हुन्छन् । यसले पेटको अवस्थामा पनि खराबी ल्याउन सक्छ । जसले पक्कै पनि तपाईको सेक्सलाई आनन्ददायी बनाउँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *