Breaking News

शरिरलाई चमत्कारिक फाईदा दिलाउन मह सँगै दालचिनी मिसाएर सेवन गर्नुहोस छाला देखी पेटसम्बन्धी रोग निर्मुल गर्नुहोस …

मह हामी सबैलाई मन पर्ने कुरा हो । यो स्वास्थ्यको लागी निकै प्रभावकारी छ । यही महमा दालचिनी मिसाएर खाने गरेमा यो हाम्रो लागी झन् बडी लाभकारी हुने गर्छ । एउटा अनुसन्धानले मह र दालचिनीको मिश्रणले स्वास्थ्यमा देखापर्ने प्राय समस्या निको पार्ने देखाएको छ । दालचिनीको प्रयोग र यसले पुर्याउने फाइदा बारे हामी अन्जान नै रहने गर्छौं ।

दालचिनी र महको मिश्रणले पुर्याउने फाइदाहरु यस्ता छन् :

१) जोर्नी संबद्ध समस्याहरु : आर्थराइटिस लगायत शरीर सुनिने तथा जोर्नीजन्य समस्याहरुबाट ग्रस्त बिरामीहरुले एक कप तातो पानीमा दुई चम्चा मह र एक सानो चम्चा दालचिनीको धुलो मिसाएर सेवन गर्नाले फाइदा प्राप्त हुन्छ । कोपनहेगन विश्वविध्यालमा गरिएको एक अनुसन्धानमा २०० आर्थराइटिसका बिरामीहरुमा यो दालचिनी र महको मीश्रण बिधि अपनाईएको थियो । जसमा ७० जना बिरामीहरु एक हप्तामै आंसिक संचो भए भने अन्य बिरामीहरु एक महिनामा पुर्ण आराम भए ।

२) आन्द्रामा संक्रमण : आन्द्रा तथा पेटमा संक्रमण वा समस्या छ भने मह र दालचिनी मनतातो पानीमा माथि सल्लाह दिए जस्तै गरि सेवन गर्नुहोस् । यसले पेटमा भएको किटाणु सखाफ पार्नुको साथै संक्रमणबाट केही दिनमै छुटकारा दिलाउँछ ।

३) कोलस्ट्रोल : माथि उल्लेख गरे जस्तै गरि मह र दालचिनी मनतातो पानीमा सेवन गर्नाले रगतमा कोलस्ट्रोलको मात्रा दुई घण्टामै १० प्रतिशतले घटेर जान्छ । अनुसन्धानले के देखाएको छ भने शुद्ध मह नियमित रुपले सेवन गर्नाले कोलस्ट्रोल आपसेआप नियन्त्रणमा आउँछ ।

४) रुघाखोकी : माथि उल्लेख गरिए जस्तै मह र दालचिनिलाई मनतातो पानीमा मिसाएर तीन दिन सम्म नियमित रुपमा दिनको दुई पटकका दरले सेवन गरेमा पुरानो तथा नयाँ रुघाखोकी र पिनासबाट सहजै छुटकारा मिल्छ ।

५) अपच तथा पेट दर्द : मह र दालचिनीको मीश्रणले अलसर तथा पेटजन्य दर्दबाट छुटकारा दिलाउँछ ।

६) पेटमा हावा तथा ग्यास : जापानमा गरिएकको अध्ययन अनुसार मह र दालचिनीको मीश्रणले पेटको हावा तथा ग्यासलाई सहजै निको पार्छ ।

७) इनफुलुएन्जा : स्पेनका एक वैज्ञानिकले गरेको अध्ययन अनुसार महमा एक प्रकारका प्राक्रितिक गुण हुन्छ जसले इनफुलुएन्जाको किटाणुलाई मारिदिन्छ र बिरामीलाई फ्लुबाट जोगाउँछ ।

८) छाला सफा गर्छ : मह र दालचिनीको मीश्रण तातो पानीमा मिसाएर चियाको सट्टामा दिनको तिन पटक सेवन गर्नाले छालामा ताजगी आउनुका साथै चाउरी परेको छाला मुलायम हुँदै छालामा खटिरा तथा डण्डीफोर पनि आउँदैन ।

९) गला भासिएको तथा घांटी दुखेको : गला भासिएको तथा घांटीमा दर्द भएको बेला एक चम्चा मह प्रत्येक तीन घण्टामा चुसेर खानाले दर्द केही दिनमै हराएर जान्छ ।

१०) डण्डीफोर : तीन चम्चा मह र एक चम्चा दालचिनीको लेप तयार पार्नुहोस् र यसलाई राती सुत्नुपुर्व डण्डीफोरको वरिपरी विस्तारै दल्नुहोस् । अनि विहानपख आफ्नो अनुहार मनतातो पानीले पखाल्नुहोस् । यो बिधि दुई हप्ता सम्म नियमित रुपले अपनाउनाले अनुहारको डण्डीफोरको जरा सहित सफा भएर जान्छ ।

११) तौल घटाउन : बिहान खाजा खानु पुर्व खाली पेटमा र राती सत्नु अघि मनतातो पानीमा दुई चम्चा मह र एक चम्चा दालचिनीको धुलो सेवन गर्नाले अत्यधिक तौल भएकाहरुको समेत शरीरको तौल घटदै जान्छ । अनि यो मीश्रण नियमित सेवन गर्नाले जतिनै क्यालोरी बढी भएको खाना खाए पनि बोसो जम्न पाउँदैन ।

१२) थकान : हालै गरिएको अध्ययन अनुसार महमा भएको गुलियोपनाले शरीरलाई फुर्तिलो पार्छ । डाक्टर मिल्टनले गरेको अध्ययन अनुसार बृद्धले समेत एक चम्चा मह र आधा चम्चा दालचिनी एक कप पानीमा मिसाएर बिहान खाली पेटमा र राती सुत्नु अघि सेवन गर्नाले शरीरमा तागत उत्पादन हुन्छ ।

१३) सास गन्हाउने : साउथ अमेरिकाका मानिसहरु बिहान उठ्ने बितिक्कै एक चम्चा मह र दालचिनीको धुलो मनतातो पानीमा मिसाएर कुल्ला गर्छन् जसका कारण उनहिरुको सास दिनै भर गन्हाउँदैन ।

१४) कान नसुन्ने समस्या : नियमितरुपमा बिहान र बेलुका मह र दालचिनी सेवन गर्नाले कान नसुन्ने समस्यामा विस्तारै सुधार आउन थाल्छ र कानजन्य समस्याहरुबाट पनि छुटकारा पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *