Breaking News

मानिसलाई किन पसिना आउछ ? के शरिरबाट पसिना आउनु राम्रो हो ? जानकारी लिनुहोस पसिना निकाल्नुका फाईदै फाईदा …

डा.अरुणकुमार सिंह

गर्मी महिनामा गर्मी सबै मानिसलाई हुन्छ । यो प्राकृतिक र स्वाभाविक पनि छ । गर्मी का दिनमा मानिसहरुलाई गर्मीको अनुभव हुनु एकदम प्राकृतिक कुरा हो । गर्मीमा शरिरबाट पसिना निस्कनु एक सामान्य समस्या हो । कसै कसैलाई जाडा महिनामा पनि सामान्य हिडाइमा पसिना निस्कने गर्छ ।
मानिसको शरीरमा २० देखि ४० लाखसम्म पसिनाका ग्रन्थीहरु हुन्छन् ।
पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थिबाट बन्छ। यो ग्रन्धिको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो। छालाको माथिल्लो सतहमा नुनमुक्त पानी उत्पन्न हुन्छ र यही नै हो पसिना। सामान्यतया महिलाको दाजोमा पुरुष हरूमा धेरै पसिना आउछ |
कसरी आउँछ पसिना?
पसिना आउनुका विभिन्न कारण छन्। खास गरेर छालाको श्वत ग्रन्थीहरू शरीरको भित्री भागमा, हत्केलामा र खुट्टाको पैतालामुनीतिर बढी मात्रामा हुन्छन्। ती श्वत ग्रन्थिहरू सक्रिय भएपछि बढी पसिना निस्कन्छ। यसरी निस्केको पसिना वाष्पीकरण भएर जान नसकेमा गन्ध आउन थाल्छ र विभिन्न समस्या देखा पर्दछन्।
किन गनाउँछ पसिना ?
शरीरको बाहिरी भागमा मृत छालाको पत्र हुन्छ । धेरै पसिनाले छालाको यो पत्रलाई ओसिलो बनाउँछ । ओसिलो ठाउँमा ब्याक्टेरियाले हुर्कने अनुकुल वातावरण पाउने हुनाले त्यस ठाउँमा दुर्गन्ध बढी हुन्छ । यसकारण पनि यस्ता अंगहरुमा बढी सरसफाईमा ध्यान दिनुपर्छ ।
पसिनाबाट बच्ने केही उपायहरू;

-गर्मी दिनहरुमा यो कुरालाई सधै ध्यानमा राख्नुस् कि तपाईको अन्डरगार्मेन्ट सुति वा मुलायम हुनुपर्छ ।

-लुगा फेर्नासाथ पट्टाएर नराख्ने किनकि पसिना गुम्सिएर लुगा गन्हाउन सक्दछ ।

-आफूलाई पसिनाको दुर्गन्धबाट बचाउन चाहनुहुन्छ भने तपाइले पहिरिने यो अन्डरगार्मेन्ट साइजभन्दा धेरै टाइट नहोस् ।

– सफा अन्डरगार्मेन्टस मात्र पहिरिनुस् । आफूलाई पसिनाको दुर्गन्धबाट बचाउन चाहनुहुन्छ भने अंडरगार्मेन्टसलाई घाममा सुकाएर मात्र लगाउनुस् ।

-घर बाहिर निस्कदा पर परफुम बडी स्प्रेको प्रयोग गर्ने ।

-पसिनाको दुर्गन्धबाट बचाउन शरिरको अन्डरआर्मस र अन्य भागहरुको नचाहेको रौँहरुलाई हटाइदिने !

बदलिरहेको मौसममा यदि तपाई को बाल बालिका को कुनै समस्या भएमा समयमा डाक्टरसँग सल्लाह लिनु पर्छ । बाल बालिका मा बदलिरहेको मौसममा बचाउनु पर्छ !
बालरोग विशेषज्ञ
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान. धरान

शरीरबाट पसिना निस्कनु स्वास्थ्यको लागि निकै फाईदा हो । गर्मि महिनामा यतिकै पसिना आउछ तर अझ व्यायाम गर्दा निस्कने पसिनाले झन् शरीरलाई धेरै फाइदा गर्छ । पसिनाले शरीरमा जम्मा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ र अन्य रोगबाट पनि बचाउँछ ।

पसिना निस्कदा शरीरलाई पुग्ने फाइदाहरु यस्ता छन् :

१) तौल घटाउन व्यायाम गर्दा जति धेर्र पसिना निस्कन्छ, शरीरबाट त्यति धेरै क्यालोरी घट्छ । यसो हुँदा शरीरको तौल घटाउन सहज हुन्छ ।

२) छाला सफा पसिना निस्केपछि शरीरको फोहोर बाहिर निस्कन्छ । छालाको रोम छिद्र खुलेर छाला सफा हुन्छ ।

३) डण्डीफोर शरीरको फोहोर पसिनामार्फत निस्कने भएकाले अनुहारमा डण्डीफोर आउँदैन वा एकदमै कम हुन्छ ।

४) पत्थरी हटाउन शरीरबाट अत्यधिक पसिना निस्कँदा व्यक्तिले पानी धेरै पिउँछ । यसले गर्दा शरीरको फोहोर सफा हुन्छ । मिर्गौलामा पत्थरी भएका मानिसलाई पसिना बगाउनुका धेरै फाइदा छन् ।

५) तनाव अधिक पसिना निस्कँदा शरीरको तापमान सन्तुलित रहन्छ । यसकारण दिमाग फ्रेश हुन्छ र तनाव हट्छ ।

६) रक्तसञ्चार पसिना निस्कँदा शरीरमा रक्तसञ्चार तेज हुन्छ जसका कारण पूरा शरीर स्वस्थ हुन जान्छ ।

७) चम्किलो छाला अधिक मात्रामा पसिना निस्कँदा मृत छाला झर्छ र त्वचामा प्राकृतिक निखार आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *